पर्वतमा पहिरोले पुरिएर ५ को मृत्यु, ३ जना बेपत्ता
546 Views
काठमाडौं, खोज मिडिया १८ भदौ । पर्वतका दुई पालिकामा पहिलो जाँदा ५ जनाको मृ*त्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा पहिरो जाँदा ५ जनाको मृ*त्यु भएको हो ।
प्रहरीका अनुसार कुश्मा नगरपालिका –३ दुर्लुङमा प हि रोले एकै घरका ५ जना पुरिएकोका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले पहि रोमा पुरिएका ५ जनामध्ये २ जना मृ*त अवस्थामा फेला परेको जानकारी दिए । १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको र ३ जना बे पत्ता रहेकाले खोजी भइरहेको उनले बताए ।
यस्तै कुश्मा नगरपालिका ११ पकुवामा प हि रोमा पुरिएर दुई जनाको मृ*त्यु भएको छ । मृ*त्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेल रहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए । यस्तै मोदी गाउँपालिका ५ अम्बोटमा पहि रोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृ*त्यु भएको छ ।





प्रतिक्रिया दिनुहोस