पाेखरामा पहिरोमा पुरिँदा ५ जनाको मृत्यु १ बेपत्ता, धनजनको क्षेति (भिडियो सहित)
356 Views
कास्की , खोज मिडिया १७ भदौ । केहि दिनदेखि भीषण वर्षाका कारण पहिरो खसेर घर पुरिँएको छ भने पोखराका विभिन्न ठाउँहरुमा गरी ५ जनाको ज्यान गएको छ । पहिरोमा परि १ जना बेपत्ता छन् ।
पोखरा २० भलामका कृष्ण श्रेष्ठको घर गएराति पहिरोमा पुरिँदा उनीसहित श्रीमतीको ज्यान गएको छ । कृष्ण ४५ वर्षका थिए । त्यस्तै उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको पनि पहिरोमा पुरिएर मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पहिरोमा उनका ३ वर्षीय छोरा सन्तोष बेपत्ता छन् । यस्तै ८ वर्षीय अर्का छोरा राजकुमार श्रेष्ठको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सुनमायाको घटनास्थलमै र कृष्णको उपचारक्रममा ज्यान गएको हो ।
यसैगरी, पोखरा २० भलामको मुलाबारी देउरालीमा घर भत्किँदा २९ वर्षीया विष्णु सार्की र उनका ८ वर्षीय छोरा सन्तोषको मृ*त्यु भएको छ । उनीहरु शव बिहीबार दिउँसोमात्र निकालिएको थियो । प्रहरीका अनुसार पोखरा–११, काँहुमा पहिराले घर पुरिँदा एकैघरका तीन जना घाइते भएका छन् । स्थानीय एकदेव तिमिल्सिनाको घर पुुरिँदा उनीसहित श्रीमती ऋतुु, छोरा गिरीश घाइते भएका छन ।
पोखरा २० भलामको महेन्द्र मावि सहित ८ घरमा आंशिक क्ष*ति पुगेको वडा अध्यक्ष सिम गुरुङले जानकारी दिए । उनका अनुसार पूर्ण क्ष*ति भएका ५ घरका परिवारलाई आफन्तको जिम्मा लगिएको छ भने आंशिक क्ष*ति भएका घरमा मानिसको स्थानान्तरण गरिएको छैन । पोखरा ६ बैदाममा शिव पौडेलको घरमा बाढीले क्षति पुगेको छ । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित स्थानीय खटिएका थिए ।
बुधबार बेलुकी भीषण वर्षाका कारण पोखरा र यस आसपासका क्षेत्रमा पहिरो गएको हो । पोखरामा बिहीबार दिनभर जसो पनि भीषण वर्षा भएको छ । यता, पोखरा–११ भञ्ज्याङ नमुना टोलमा ४२ वर्षीय लक्षण सार्कीको पहिरोमा पुरिएर मृ*त्यु भएको छ । पहिरोमा पुरिएका उनको उद्धार गरी मणिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारको क्रममा मृ*त्यु भएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताएका छन । उनका १४ वर्षीया छोरी सृष्टि घाइते भएकी छिन ।
त्यस्तै गरि काहुँ खोला १३ स्थित बाढी र पहिरोले घर ,गोठमा क्षेति पुगी बाख्रा , कुखुरा हानि नोक्सानी भएको छ





प्रतिक्रिया दिनुहोस