बलिउड कलाकार सिद्धार्थ शुक्ल लाई ह्रीदय घात
450 Views
इन्डिया , खोज मिडिया १७ भदौ । बलिउड कलाकार सिद्धार्थ शुक्लाको नि*धन भएको छ । सिद्धार्थको जन्म सन् १९८० मा मुम्बईमा भएको थियो । उनले सन् २००५ मा उत्कृष्ट मोडलको अवार्ड जितेका थिए । यसपछि उनले टेलिभिजन सिरियलमा अभिनय सुरु गरेका थिए ।
उनको हृद*यघा*तका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । ४० बर्षको उमेरमा सिद्धार्थको निधन भएको हो । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।
सिद्धार्थले अभिनय गरेका ‘ब्रोकन बट ब्यूटीफूल ३, बालिका बधु, दिल से दिल तक’ लगायतका सिरियल चर्चामा थिए । उनले ‘फियर फ्याक्टर ७’को समेत उपाधि जितेका थिए । सिद्धार्थले ‘सावधान इन्डिया र इन्डिया गट ट्यालेन्ट’ लगायतका शोको होस्ट समेत गरेका थिए ।
भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन । सिद्धार्थ (बीग बोस १३)को विजेता समेत बनेका थिए ।





प्रतिक्रिया दिनुहोस