पोखरामा पहिरोले घर पुरिदा तीन जनाको मृत्यु एक बेपत्ता
427 Views
कास्की , खोज मिडिया १७ भदौ । पोखरामा दुई घर प*हिरोले पुरिँदा ३ जनाको मृ*त्यु भएको छ । पहिरोले पुरिँदा ३ वर्षीय एक बालक बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पोखरा–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमायाको मृ*त्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक केसीले श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा र सुनमायाको घ टनास्थलमै मृ*त्यु भएको जानकारी दिएका छन । उनीहरूका ३ वर्षका छोरा सन्तोष बे पत्ता भएका छन् भने अर्का ९ वर्षीय छोरा राजकुमार घाइते भएको केसीले जानकारी दिए
यसैगरी पोखरा–११ भन्ज्याङ नमुनाटोलस्थित एक घर पहिरोमा पुरिँदा ४२ वर्षीय लक्ष्य नेपालीको मृ*त्यु भएको छ । पहिरोमा परेर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृ*त्यु भएको प्रहरीले जनाएको छ। भलाममा पहिराले ८–१० वटा घर पुरेको प्रहरीले जनाएको छ । बेपत्ता बालकको खोजी भइरहेको पनि जानकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस