तनहुँमा सवारी दुर्घटनाबाट ४८ जनाको मृत्यु ,
961 Views
तनहुँ , खोज मिडिया १७ भदौ । सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षको अवधिमा ४८ जनाको ज्यान गएको पुस्टि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ को अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्यान गुमाएका छन् ।
आव २०७६/७७ मा ४४ र आव २०७५/७६ मा ६० जनाको सवारी दु*र्घटनामा परी मृ*त्यु भएको थियो । पछिल्ला तीन वर्षको अवधिमा जिल्लामा १५२ जनाको सडक दुर्घ*टनामा परी मृ*त्यु भएको छ ।
ट्राफिक प्रहरी कार्यालयका प्रमुख डोलेन्द्रबहादुर हमालले ७२ किलोमिटर पृथ्वीराजमार्ग रहेको तनहुँ खण्डमा गत वर्ष ९० स्थानमा दु र्घटना भएको जानकारी दिनुभयो । त्यसक्रममा १२८ सवारी साधन दुर्घटनाग्रस्त भएका थिए । उहाँका अनुसार मोटरसाइकल र स्कुटर ६६, ट्रक/ट्याङ्कर १८, जिप/कार १७, ट्र्याक्टर १७, बस पाँच, माइक्रो चार र एउटा टिपर दु र्घ टना भएका थिए ।
दु र्घ टनामा ७६ जना गम्भीर र ५१ जना सामान्य घा इते भएको सो कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दु र्घ टना हुने गरेका छन् । दुई पाङ्ग्रे सवारी साधन अत्यधिक भएकाले मोटरसाइकल र स्कुटर बढी दुर्घटनामा पर्ने गरेको हमालले बताउनुभयो ।
सडकको भौगलिक बनावट र खाल्डाखुल्डी पनि सडक दुर्घटनाको प्रमुख कारण रहेको उहाँले बताउनुभयो । “पृथ्वीराजमार्गका ठाउँ–ठाउँमा खाल्डाखुल्डी छन्, त्यसले पनि दु र्घ टनाको जोखिम बढाइरहेको छ”, उहाँले भन्नुभयो । दु र्घ टना कम गराउन प्रहरीले अभियान पनि सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो । सवारी चालक र पैदललाई प्रशिक्षणदेखि (चालकसँग एक मिनेट) कार्यक्रम सञ्चालन गरिएको छ ।
जिल्लामा बढी जसो दुर्घटना पृथ्वी राजमार्गमा हुने गरेका छन् । पृथ्वी राजमार्गअन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थान हुन् ।
२० हजार सवारी साधन कारबाहीमा:
प्रहरीले एक वर्षको अवधिमा २० हजार सवारी साधनलाई कारबाही गरेको छ । नियम उल्लङ्घन गरी सवारी चलाउने २० हजार सवारी साधनलाई कारबाही गर्दा रु एक करोड ३१ लाख २३ हजार ५०० राजस्व सङ्कलन गरिएको छ ।
कारबाहीमा पर्नेमा पाँच हजार ७४५ ट्रक/टिपर, एक हजार ८१८ बस, चार हजार ७३ कार/जिप, एक हजार ५८७ ट्र्याक्टर, ११३ अन्य र छ हजार ६४६ मोटरसाइकल/स्कुटर छन् । का रबा हीमा पर्नेमा पनि दुई पाङ्ग्रे सवारी अत्यधिक छन् ।
मोटरसाइकल/स्कुटर कारबाहीबाट मात्रै रु ४६ लाख ७९ हजार ५०० राजस्व सङ्कलन गरिएको सो कार्यालयले जनाएको छ । आव २०७६/७७ मा २१ हजार १५० सवारी साधनलाई कारबाही गर्दा रु एक करोड ३४ लाख ५१ हजार राजस्व सङ्कलन गरिएको थियो ।
त्यस्तै २०७५/७६ मा २६ हजार ६४६ सवारी साधनलाई कारबाही गर्दा रु एक करोड ६६ लाख ९४ हजार ५०० राजस्व सङ्कलन गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस