सिरहामा दुई पक्षबीचको झगडामा एक महिलाको मृत्यु
281 Views
शम्भु चौधरी सिरहा १६ भदौ । सिरहामा आपसी झगडामा भएको विवादमा कुटपीटबाट एक वृद्धाको मृत्यु भएको छ । सिरहाको कल्याणपुर नगरपालिका वडा नं.१ डुमरीमा दुई पक्षबीचको झगडामा एक महिलाको मृत्यु भएको छ ।
स्थानीय भाल्सैर देवि यादव र जय यादव श्रीदेव यादवको परिवारबीचको झगडामा ६५ वर्षकी भाल्सैर देवि यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवमं प्रवक्त शुभाष बुढाथोकीले बताए ।
श्रीदेव यादवले वाटोमा भौसीको मल राखेको विषयमा झगडा सुरु भएको थियो । झगडाका क्रममा जय कुमार यादव र श्रीदेव यादले लाठि र रडले कुटपिट गर्दा भाल्सैर देवि यादवको घटना स्थल मै मृत्यू भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक राजेन्द्र श्रेष्ठले बताए ।
झगडाको क्रम्ममा उक्त महिलाको मृत्यू पछि जय कुमार यादव र श्रीदेव यादव फरार भएका छन् ।
घटना सम्लग्न सबैको खोजी कार्य तिव्र गरिएको छ भने मृतकको शव पोष्टमाटमका लागि लहान स्थित रामकुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा राखीएको जिल्ला प्रहरी कार्यलाय सिरहाले जनाएको छ । घटना बारे थपअनुसन्धान भइरहेको प्रहरी प्रवक्त बुढाथोकीले बताए ।
अहिले जिल्ला प्रहरी सिरहाले डुमरिकाे घटना थप उग्ररुप नहोस् भन्दै प्रहरी परिचालन गरिएको छ ।





प्रतिक्रिया दिनुहोस