दार्चुला घटना, कूटनीतिक पहलमा आलटाल
622 Views
काठमाडौँ, खोज मिडिया १६ भदौ । भारतीय सशस्त्र सीमा बल *एसएसबी* का सुरक्षाकर्मीले तुइन खुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घ*टनाबारे छानबिन र दोषीलाई कारबाही गराउन सरकारले कुनै कूटनीतिक पहल गरेको छैन ।
परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले घ ट नाको एक महिना बित्दा पनि कूटनीतिक नोट पठाउन चासो दिएका छैनन् ।
परराष्ट्रले न नेपालमा रहेका भारतीय राजदूतलाई बोलाएर घटनाबारे बुझेको छ न त नयाँदिल्लीमा रहेका नेपाली राजदूतले त्यहाँको विदेश मन्त्रालयमै कुरा राखेका छन् । सीमा नदीमा भएको अमानवीय घटनालगत्तै बुझ्न दार्चुला जिल्ला प्रशासनले सीमापारिको समकक्ष प्रशासनलाई पत्र पठाएको थियो । एसएसबीको संलग्नता ठाडै अस्वीकार गर्दै भारतीय प्रशासनले अनुसन्धानमा समेत असहयोग गर्दै आएको छ ।
तर छानबिन समितिले एक महिना लगाएर तयार पारेको प्रतिवेदनमा एसएसबीको संलग्नता किटान गर्दै दोषीउपर कानुनी कारबाही गर्न तथा धामीको परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न सिफारिस गरेको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले गृह मन्त्रालयको सिफारिस प्राप्त भएपछि परराष्ट्रले आवश्यक निर्णय गर्ने बताइन् ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार नेपाल सरकारले भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर घ टना भएकामा दुःख व्यक्त गर्दै छानबिन गर्ने र दोषीलाई कारबाही गर्नुपर्ने सम्बन्धमा कुरा राख्न सक्थ्यो । (तर, ती विषय समयमै नहुँदा एक महिनासम्म पनि घटना कसरी भयो भन्ने कुरा प्रस्टसँग आउन सकेको छैन,) उनले भने ।
कूटनीतिज्ञ अर्जुनकान्त मैनाली पनि यो घटनामा नेपालले पहिले नै कूटनीतिक नोट पठाउनुपर्ने बताउँछन् । (यो घटना भएपछि दिल्लीमा रहेका हाम्रा राजदूतले त्यहाँको विदेश मन्त्रालयलाई खबर गरे कि गरेनन् ? अहिलेसम्म नेपाल सरकारले भारतसँग यो घटनाका सम्बन्धमा अनुसन्धान गर्न सहयोग मागेको छ कि छैन ? एसएसबी र नेपालको सीमा हेर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल (एपीएफ) का संगठन प्रमुखहरूबीचमा यो घटनाका सम्बन्धमा कुरा भएको छ कि छैन ? यी विषय महत्त्वपूर्ण हुन् ।) उनले भने ।
उनले सामान्य रूपमा हेर्दा नेपालले समस्या समाधान गर्नुभन्दा पनि बढाएको बताए । (परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर घटनाको विषयमा भन्नुपर्थ्यो र आफ्ना कुरा राख्नुपर्थ्यो।) उनले भने ! मैनालीले घटनास्थल दुवै मुलुकको सीमामा भएको र दुवै मुलुकका व्यक्ति जोडिएको हुनाले संयुक्त रूपमा छानबिन गर्नका लागि नेपालले भारतलाई आग्रह गर्न सक्ने बताए । ‘एकले अर्काको समस्या बुझिदिएर काम गर्नका लागि नेपालले भारतलाई कूटनीतिक नोटमार्फत आग्रह गर्न सक्थ्यो,। उनले भने ।
पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई घटना भएपछि नेपाल र भारतबीचमा कुनै न कुनै तरिकाले कुरा भएको हुनुपर्ने बताउँछन् । यति ठूलो अमानवीय घटना हुँदा दुई मुलुकबीचमा अझैसम्म केही कुरा नभएको भन्नेमा आफूलाई विश्वास नलाग्ने उनले बताए । (नेपालमा भारतको दूतावास छ र राजदूत छन् । भारतमा पनि नेपालको दूतावास छ र मन्त्रीसरहका राजदूत छन्,) उनले भने! (यो घ ट नालाई लिएर दुई मुलुकबीचमा केही न केही छलफल भएको हुनुपर्छ ।)
तर कूटनीतिक पहलकै लागि परराष्ट्र मन्त्रालय गृह मन्त्रालयको छानबिन समितिको प्रतिवेदन कुरेर बसेको थियो । नयाँदिल्लीस्थित नेपाली दूतावासका एक उच्च अधिकारीले दूतावासले यस घटनाका विषयमा अहिलेसम्म भारतीय पक्षसँग कुनै छलफल नगरेको बताए । (नेपाल सरकारबाट निर्देशन नआएसम्म दूतावासले मात्र यस्ता गम्भीर प्रकृतिका घटनामा आफैं बोल्न मिल्दैन !) उनले भने ।





प्रतिक्रिया दिनुहोस