सप्तरीबाट लागु औषध सहित एक युवक पक्राउ
323 Views
शम्भु चौधरी सिरहा १६ भदौ । सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.८ बाट अवेैध लागू औषध सहित एक युवक पक्राउ परेकाे छ ।
पक्राउ पर्नेमा जिल्लाकाे हनुमाननगर कङकालिनि नगरपालिका वडा न.८ याेगिनियाका अन्दाजि २५ बर्षिय धिरु भनिने धिरेन्द कुमार यादव रहेका हुन ।
इलाका प्रहरी कार्यालय हनुमाननगरका इन्चार्ज सुरेश पालकाे नेतृत्वमा खटिएको टाेलिले गाेप्य सुचनाकाे आधारमा यादवकाे घर छापामारि गर्दा १ सय २५ ग्राम ब्राउण्ड सुगर लागू औषध बरामद गरेकाे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घर नजिकैको धान खेतमा लुकाएर राखिएको अवस्थामा साे लागू औषध सहित बरामद गरेकाे स्थानीयबासिहरुले बताएका छन ।
यता बरामद गरिएका लागु औषध सहितलाइ आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा पठाएको तथा घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
श्रोतका अनुसार यसअघि पनि यादवलाई सुनसरीबाट समेत पक्राउ गरेकाे थियाे । पछिल्लोपटक सप्तरीको हनुमाननगर सहितका सिमावर्ति नाका भएर अवेैध लागू औषध ओसार पसार हुने गरेकाे स्थानीयबासिहरुले बताएका छन ।





प्रतिक्रिया दिनुहोस