चरी जेलैमा गीतले पायाे एक कराेड भ्युज
376 Views
काठमाडाैं, खोज मिद्डिया १५ भदौ । लोकदोहोरीकी चर्चित गायिका विष्णु माझीको स्वर रहेकाे तीज गीत (चरी जेलैमा)गित ले युट्युबमा दुइ साताकाे अवधिमा १ करोड भ्यूज बनाएकाे छ । युट्युबमा सार्वजनिक भएको १३ दिनमा मंगलबार यस गीतको भ्यूज १ करोड क्रस भएकाे छ ।
शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणीले नै निर्देशन गरेको भिडियोमा ललिता पौड्याले अभिनय गरेकी छिन् । पछिल्लाे समय तीज शीर्षकमा प्रसस्तै गीत सार्वजनिक भए पनि तीजकाे मर्म बाेकेका गीतहरू थाेरै छ । यस अर्थमा चरी जालैमा गीतका शब्दहरु सरल र मार्मिक छन् ।
योसँगै युट्युबमा हेरिएका गीतमध्ये छोटो समयमा एक करोड भ्यूज पाउने गीतमा ‘चरी जेलैमा’ले रेकर्ड राखेको छ । (पुतलीको भट्टी) भाग १७ का रुपमा सार्वजनिक (चरी जेलैमा)मा विष्णुका श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ । गीतमा विनोद बाजुरालीको एरेन्ज/ महिमा आचार्यको कोरस गायन छ ।





प्रतिक्रिया दिनुहोस