आजबाट मौसम खुल्ने सम्भावना
821 Views
काठमाडौँ , खोज मिडिया १५ भदौ । केही दिनदेखि प्रभावित मौसम आज (मंगलबार)देखि खुल्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।
आज देशभरको मौसम बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अहिले बिहान देशभर सामान्य बदली रहि प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।
मंगलबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।





प्रतिक्रिया दिनुहोस