गौरी मल्लसहित नौ स्रष्टाहरु पुरस्कृत
369 Views
काठमाडौँ , खोज मिडिया १४ भदौ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवाका नौ जना महिलालाई नवरत्न पुरस्कारबाट पुरस्कृत गरेको छ । शनिबार जुम प्रविधिमार्फत आयोजना गरिएको कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको छ ।
आयोजकले अभिनयतर्फ अभिनेत्री गौरी मल्ललाई सम्मानित गरिएको छ । यस्तै, साहित्यतर्फ गंगा लिगल, शारदा पौडेल निशा’, गीता कार्की, शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सम्मानित गरेको छ । यसैगरी गायनमा सपना श्रीलाई पुरस्कृत गरिएको छ । पत्रकारिता तर्फबाट विमला भण्डारी र समाजसेवामा विना बर्मालाई पुरस्कृत गरेको छ ।
यसैगरी, दीपा राई पुन, मेनका पराजुलीले डायस्पोरामा नेपाली साहित्यको अवस्थाबारे आफ्नो भनाइ राखे । यस्तै, पदम विश्वकर्मा, राम लामा अविनाशी, ज्योति पौडेल, जानुका ढुंगेल वस्ती, ज्योति राई, पद्मा लिंखा मगर, रेणु शर्मा र विमला निरौलाले अनेसास र यो पुरस्कारबारे थप प्रकाश पारे ।
कार्यक्रममा अनेसास बोर्डअफ ट्रस्टी सभापति गीता खत्री, केन्द्रीय अध्यक्ष प्रकाश पौडेल (माइला), ट्रस्टी सल्लाहकारद्वय रोहिणी शर्मा र प्राडा खगेन्द्रप्रसाद लुइँटेल, पुरस्कार छनोट समिति संयोजक लीला लुइँटेल, अनेसास बीओटी उपाध्यक्ष पदम विश्वकर्मा, अनेसास वरिष्ठ उपाध्यक्ष गोवद्र्धन पूजा, अनेसास महासचिव सर्वज्ञ वाग्ले, अनेसास सचिव विमला निरौला र अनेसास महिला समिति संयोजक उर्मिला निर्दोषीले मन्तव्य राखेका थिए ।
नवरत्न पुरस्कार समितिका संयोजक शान्ता घिमिरे अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनेसासका पूर्वअध्यक्ष सरला श्रेष्ठ र बीओटी सदस्य तीर्थ अधिकारीले पनि पुरस्कारबारे प्रकाश पारेका थिए ।
सन २०१४ मा अनेसासका तत्कालीन अध्यक्ष गीता खत्रीको पहलमा स्थापना भएको यो पुरस्कार चयन समितिमा यसपटक लीला लुइटेल, पुनम काफ्ले र विमला निरौला रहेका थिए । प्रत्येक दुई वर्षमा दिइने यो पुरस्कारको राशी प्रतिव्यक्ति २ सय अमेरिकी डलर र सम्मानपत्र रहेको छ ।
कार्यक्रममा पुरस्कृत व्यक्तित्व साहित्यकार गंगा लिगल, गीता कार्की, शकुन ज्ञवाली, शारदा पौडेल, पत्रकार विमला भण्डारी, समाजसेवी विना बर्मालगायतले मन्तव्य राखेका थिए ।





प्रतिक्रिया दिनुहोस