विद्युतिय माध्यम (Online) बाट “लैङ्गिक संवेदनशिल अनुसन्धान तथा संचारका सीप सम्बन्धी तालिम” संचालन
421 Views
काठमाडौँ , खोज मिडिया १३ भदौ । सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहने प्र.ज. देखि प्र.ना.नि. दर्जा सम्मका प्रहरी कर्मचारीहरुलाई थप लैङ्गिक संवेदनशिल तथा व्यवसायिक बनाउन UNOPS को सहकार्यमा तालिम स्नाचालन भईरहेको छ ।
उक्त तालिममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजको प्राविधिक सहयोगमा प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयद्वारा भईरहेको जनाए ।
मिति २०७८/०४/२४ गते देखि ऐ. २९ सम्म महानगरीय प्रहरी कार्यालय, साईबर व्यूरो, मानब बेचबिखन अनुसन्धान व्यूरो र बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका ३० जना प्रहरी कर्मचारीहरुको लागी ६ दिवसिय “लैङ्गिक संवेदनशिल अनुसन्धान तथा संचारका सिप सम्बन्धी तालिम” विद्युतिय माध्यम (Online) बाट सम्पन्न गरिएकोमा हाल दोस्रो समूह अन्तर्गत मिति २०७८/०५/०९ गते देखि ऐ. १५ गते सम्म २ नं. प्रदेश प्रहरी कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गतका थप ३० जना प्रहरी कर्मचारीहरुलाई तालिम संचालन भईरहेको ।





प्रतिक्रिया दिनुहोस