पहिरोको जोखिममा रामेछापको पन्चकन्या आधारभूत विद्यालय (फोटो फिचर सहित)
1547 Views
रोमन लामा
रामेछाप १३ भाद्र खोज मिडिया। विगत ४/५ दिन अघि देखि परेको अविरल वर्षाको कारण रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नं-५ स्थित श्री पन्चकन्या आधारभूत विद्यालय पहिरोले असर पुर्याएको छ। विद्यालय नजिकै सडक माथिबाट पहिरो खसेर सडक पनि अवरुद्ध भएको छ।

त्यसैगरी पहिरोले श्री पन्चकन्या आधारभूत विद्यालय छिमिरखोलाको विद्यालय भवनको पेटी चर्किएको र घेरावार भत्केर तल सडकमा पुगेको छ। विद्यालयको नव निर्मित शौचालय पछाडि माथिल्लो जमिन पनि खसेकोले सो ठाउँमा जोखिम बढेको छ। भत्केको जमिनमा तत्कालै मर्मत सम्भार कार्य नगरेमा विद्यालय भवन नजिकैको खोलामा पुग्ने कुरो विद्यालयको प्र.अ. अशोक लामाले खोज मिडियासँग बताउनु भयो।

विद्यालयको प्र.अ. लामाले भन्नु सरोकारवाला स्थानीय सरकारले यस बारेमा बेलैमा सोची दिनु भएमा हुन्थ्यो ताकी भोलि गएर ठुलो क्षति हुन् बाट जोगिन्थ्यो।






प्रतिक्रिया दिनुहोस