तनहुँबाट बाघको छालासहित तीन युवक पक्राउ
332 Views
तनहुँ , खोज मिडिया १३ भदौ । तनहुँबाट बाघको छालासहित तीनजना युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले शनिबार साँझ ६ बजे व्यास नगरपालिका–५ पतेनीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
व्यास नगरपालिका–६ सिरुवारीका ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–१ ओखल्दीका ४० वर्षीय सञ्जित गुरुङ र शुक्लागण्डकी नगरपालिका–१ रतनपुरका ३२ वर्षीय सन्तोष गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए ।
बाख्रेतर्फ जाने चोकमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा बाघको छाला, दाँत, हड्डी, खप्परलगायत फेला परेको क्षेत्रीले जानकारी दिये ।
उनीहरुले प्रयोग गरेको दुईवटा पल्सर मोटरसाइकल, एउटा डियो स्कुटर, तीनवटा मोबाइल सेट र पाँच हजार तीन सय ८५ रुपैयाँ पनि बरामद गरिएको छ । (थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा पठाएका छौँ)। उनले बताए ।





प्रतिक्रिया दिनुहोस