पोखराको फिर्के पुलबाट स्कार्पियो गाडी दुर्घटना
336 Views
कास्की , खोज मिडिया १३ भदौ । पोखराको फिर्के पुलबाट स्कार्पियो गाडी खसेको छ। शनिबार राति अन्दाजी २ बजेको समयमा पोखरा महानगरपालिका -४ बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बेलायती दुतावास पोखराको ६०-०-४६७ नं को गाडी अनियन्त्रित भइ फिर्के पुलबाट खसेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिएका छन
डिएसपी हमालका अनुसार गाडी पुलबाट अन्दाजी १० मिटर तल खोल्सामा खसेपनि चालक पोखरा -१६ बस्ने २९ वर्षीय विजय घले र गाडीमा सवार उनकी श्रीमती २८ वर्षीय दुर्गा गुरुङ भने सकुशल छन् ।
घ*टनाको जानकारी लगत्तै वडा प्रहरी कार्यालय, बगरबाट प्रहरी सहायक निरिक्षक सुनिल थापाको कमाण्डमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई आफन्तको जिम्मामा पठाइसकेको छ।
फिर्के पुल धरापः फराकिलो सडकमा साँघुरो पुल, लगातार दुर्घटना भएको छ । पोखरा महानगरपालिका वडा नं. ४ र ५ को सिमानामा पर्ने उक्त पुल फराकिलो सडकमा साँघुरो भएका कारण बारम्बार दुर्घटना हुने गरेको छ।
पोखराको जिरोकिलोमिटरदेखि बिन्दवासिनीसम्म चार लेनको सडक बनेको पाँच वर्ष भयो । यस क्षेत्रमै सबैभन्दा आकर्षक फराकिलो उक्त सडकखण्डमा सडक मात्र बन्यो तर बीचमा पर्ने फिर्के पुल भने उस्तै छ । जिकै अर्को फराकिलो पक्की पुल बनाउने काम सुरु भएपनि अझै बनिसकेको छैन ।
अहिलेको पुलमा एकैपटक दोहोरो सवारी चल्न पनि साँघुरो छ । बाटो फराकिलो देखेर तीब्र गतिमा गुड्ने सवारीहरु पुल आउने बित्तिकै बीच लेनतर्फ जानुपर्ने हुन्छ तर फराकिलो सडकमा तीब्र गतिमा गुडेका सवारी नियन्त्रण गुमाउँछन् अनि खोलामा खस्छन् । वर्षेनी दु र्घ टना भईरहेको छ ।
२०७४ सालमा सबैभन्दा बढी दु र्घटना भए । चार लेनको सडक भर्खर भर्खर बनेको अवस्था थियो । यही पुलबाट खसेर फागुन १५ मा ग ११ प ६१२३ नम्बरको मोटरसाइकल चालक पोखरा १ सिम्पानी बस्ने २९ वर्षिय ऋषिकेश पहारीको मु*त्यु ययो । मोटरसाइकको पछाडी बसेका पोखरा २५ हेम्जाका २८ बर्षिय बिमल थापा घाइते भई तुरुन्त अस्पताल लगिएको थियो ।
यस्तै, ०७४ पुस १० गते राति पनि सोही पुलमा दु र्घ टना हुदाँ तिलक बहादुर थापाको ज्यान गएको थियो । कार्तिक १९ गते ग ५ प ४८२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा दुर्घटना हुँदा पोखरा कास्कीकोटका ३२ बर्षिय कृष्ण प्रसाद सुबेदी गम्भिर घाईते भई उपचार गर्न काठमाण्डौ नै लैजानुपरेको थियो ।
ठ्याक्कै एक महिनापछि मंसिर १९ गते सोहि स्थानमा ग ६ प ३५१९ नम्बरको पल्सर मोटरसाईकल दुर्घटना भएको थियो । चालकलाई सहारा हस्पिटल लगिएको थियो । यो सडकमा रातको समयमा यात्रा गर्दा मापसे सेवन नगर्न र सीमित गतिमा सवारी चलाउन आग्रह गरिएको छ ।
पुल नजिकै घर भएकी पत्रकार कञ्चन थापाले पुलमा दुर्घटना बढेको कारण सरोकारवालाको ध्यानाकर्षण जनाएको ६ वर्ष हुन लाग्यो । तर, समस्या जस्ताको तस्तै भएपछि आफूलाई दिक्क लागेको गुनासो गरेका छन । 





प्रतिक्रिया दिनुहोस