बालबालिकालाई आकस्मित समस्याको जनाकारी
1573 Views
काठमाडौँ , खोज मिडिया १२ भदौ । नवजात शिशु, पाँच वर्ष मुनिका बच्चा र पाँच वर्षदेखि १६ वर्ष कम उमेरका बच्चाहरुलाई विभिन्न किसिमका समस्या हुनेगर्दछ । नवजात शिशुलाई सबैभन्दा धेरै सं*क्रमणले समस्या निम्त्याउने गर्छ । त्यसपछि निसासिएको बच्चा हुन्छन्, त्यस्तै समय नपुगी जन्मिएका बच्चा हुन्छन्।
पाँच वर्ष मुनिको बच्चालाई पखला लाग्ने, वान्ता हुने, निमोनीया, कुपोषण र संक्रमण लगाएत्का समस्या देखिन्छन्। पाँच वर्ष माथिका बच्चालाई संक्रमण, टन्सिल, निमोनीया, झाडा, बान्तालगायतका समस्या देखिन सकिन्छ । कतिपय अवस्थामा मेनिन्जाइटिस पनि हुने गर्दछ ।
किशोर किशोरीमा धेरै टाउको, पेट दुख्ने, निमोनियासमेत हुने गर्दछ । थाइरोइडसमेत देखिन्छ। आकस्मिक रूपमा बच्चालाई विभिन्न समस्या देखिने गर्दछ । (सेब्सीस) को कारणले संक्रमण विस्तारै बढेर शरीरका विभिन्न अंगलाई समेत हानी गर्ने सम्भावना रहन्छ । त्यस्तै बान्ता हुने, पखला लाग्नेसमेत हुन्छ। यो जुनसुकै उमेर समूहका बच्चालाई हुन्छ।
बच्चाहरू निसासिनु सबैभन्दा धेरै देखिने समस्या रहेको बताएका छन । यो अस्पताल रिफर गर्ने ठाउँ भएर पनि हुनसक्छ, यहाँ धेरै यस्ता समस्या (केस) आइरहेका हुन्छन्। यस्ता बच्चाहरूलाई कुलिङ थेरापीबाट उपचार गरिन्छ। बच्चा र आमा दुवैको कारणले बच्चा निसासिन्छ। निसासिएको बच्चाको हामी पूर्ण रूपमा उपचार गर्छौ। डाक्टर बताउछन !
निसासिएको बच्चामा संक्रमण धेरै हुन्छ। उनीहरूमा क्याल्सियमको कमी हुन्छ। कतिपय बच्चामा धेरै कम्पन आउँछ। अर्को कुरा बच्चाले जे पाउँछ त्यही टिपेर खाँदासमेत आकस्मिक समस्या आउँछ। कहिलेकाँही घाँटीमा आमाको टपसमेत अड्किएको हुन्छ। कहिले मकैको दाना,पिनट्स समेत अड्क्याएको हुन्छ।
बच्चाले खानेकुरा अड्क्यायो भने बच्चालाई पछाडी बाट हिर्काएर पेटमा थिचेमा निस्किन सक्छ।त्यस्तो गर्दा निस्किएन भने तत्कालै एक्सरे गरेर त्यसको उपचार गर्छौ। बालबालिकालाई आकस्मिक रुपमा पर्ने समस्या लगायतका विषयमा केन्द्रीत रहेर काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स धुलिखेलमा कार्यरत बाल रोग विशेषज्ञ प्रा.डा सृजना श्रेष्ठले ब्रिफिंग गरेका छन ।





प्रतिक्रिया दिनुहोस