“रास्ट्र निर्मार्णको आधार महिला तथा बालबालिकाको विकाश” पोखरा लेडी जेसिज
580 Views
कास्की , खोज मिडिया ११ भदौ । मिति २०७८ भदौ ९गते बुधबार ,तदअनुसार २५अगस्त २०२१ का दिन पोखरा लेडी जेसीज द्वारा आयोजित जेसीज सप्ताहको छैठौं दिन “पोखरा लेडी जेसीज बर्ष -२०२१ का अध्यक्ष जेसी कमला शर्मा कडेल (बिनिता) ज्यूको अध्यक्षता तथा ओशो आर्ट ग्यालरीका संस्थापक अध्यक्ष श्री गोपाल श्रेष्ठ ज्यू को प्रमुख आतिथ्यमा न्युरोड स्थित हिमालय रिडर्स कर्नरमा सम्पन्न भएको छ ।
“राष्ट्र निर्माण को आधार महिला तथा बालबालिका को बिकाश” भन्ने भनाई लाई सार्थक पार्न मन्टेश्वरी स्तरका बालबालिकाहरुको क्षमता अभिवृद्धि गर्नकोलागी बाल चित्रकला कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बिशेष अतिथि पश्चिमाञ्चल मन्टेश्वरी संघ का संस्थापक अध्यक्ष श्री अरुणा शेरचन ज्यू , अथिति पोखरा लेडी जेसीज बर्ष २००५ का अध्यक्ष तथा पुर्व राष्ट्रिय का. का. उपाध्यक्ष श्री संगीत पौडेल ज्यू तथा मातृशाख पोखरा जेसीजका अध्यक्ष जेसी इ. किरण के. सी. ज्यू रहनु भएको थियो।
कार्यक्रमका मुल संयोजक तथा पोखरा लेडी जेसीजका का. का. उपाध्यक्ष जेसी लक्ष्मी कुँवर ज्यूले सात दिनको कार्यक्रम को बारेमा प्रकाश पार्नु भएको थियो। उक्त कार्यक्रममा संयोजक जेसी रिना पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । जेसिज आस्था पाठ जेसी शिलु चालिसे ले गर्नुभएको थियो। कार्यक्रमको संचालन पोखरा लेडि जेसिजका सचिव जेसि सुमित्रा कोइरालाले गर्नु भएको थियो ।





प्रतिक्रिया दिनुहोस