Pre-AMS परीक्षा मर्यादित एवं त्रुटिरहित रुपमा सम्पन्न गर्नुपर्ने – प्रहरी महानिरीक्षक (शैलेश थापा क्षेत्री)
362 Views
काठमाडौं,खाेज मिडिया ११ भदौ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संयुक्त राष्ट्रसंघीय मिसनका लागि लिइने Pre-AMS परीक्षालाई थप मर्यादित बनाउन सम्बन्धीत प्रहरी कर्मचारीहरूले पूर्ण इमान्दारिता एवम् उत्तरदायित्व वहन गर्दै त्रुटि रहित तवरले काम गर्नुपर्ने बताउनुभएको छ ।
उक्त मिसनका लागि Pre-Assessment for Mission Service (Pre-AMS) परीक्षा संचालन गर्न खटिने प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनुभएको हो ।
परीक्षा संचालनमा खटिने प्रहरी अधिकृतहरुले परीक्षाको गोपनियता लगायत तोकिएको मापदण्ड पूर्ण पालना गरी आवश्यक पूर्व तयारी गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले विगतका कमजोरी नदोहोरिने गरी संवेदनशील भई आ-आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिनुभयो ।
नियतवश हुने लापरवाही क्षम्य नहुने चर्चा गर्दै परीक्षा संचालनको लागि आवश्यक जनशक्ति एवं साधन स्रोतको व्यवस्थापनको लागि समयमै समन्वय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
वरिष्ठ प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय यूएन शाखाका प्रहरी उपरीक्षक गंगा पन्तले Pre-AMS परीक्षा संचालनको तयारी सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।





प्रतिक्रिया दिनुहोस