भरुवा बन्दुक सहित पक्राउ
330 Views
कैलाली,खोज मिडिया १० भदौ । मोहन्याल गाउँपालिका-६ नारासोती बस्ने ५० वर्षीय गंगाराम जैशीलाई १ थान एक नाले भरुवा बन्दुक सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गंगाराम सेतीखोर गाउँको जंगलमा भरुवा बन्दुक सहित हिँडिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस