टिपरको ढालामा च्यापिएर एक युवकको मृत्यु
339 Views
कास्की , खोज मिडिया १० भदौ । टिपरको ढालामा च्यापिएर पोखरामा एक युवकको मृ*त्यु भएको छ।
बुधबार साँझ पोखरा महानगरपालिका -१४ खाल्टे मसिनास्थित सडकमा ग २ ख २२४ नंवरको टिपरको ढालामा च्पापिएर सामान लोड अनलोडको काम गर्ने एक युवकको मृ*त्यु भएको प्रहरीले जनाकारी दिएको छ।
मृ*त्यु हुनेमा सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा नं -५ घर भइ हाल पोखरा -१५ बस्दै आएका २८ वर्षीय अजय रोका रहेका छन्।
प्रहरीका अनुसार ढालाले च्यापिएर गम्भिर घाइते भएका रोकालाई तत्काल उपचारका लागि पश्चिमान्चल सामुदायिक अस्पताल पृथ्बीचोक लगिएकोमा उनको उपचारका क्रममा मृ*त्यु भएको बताए ।
घट नाको जानकारी लगत्तै खटिएको प्रहरीको टोलीले टिपर र टिपरका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ ।





प्रतिक्रिया दिनुहोस