पाेखरा लेडि जेसिज सप्ताहकाे पाचौं दिन सम्पन्न
1081 Views
कास्की ,खाेज मिडिया १० भदौ । हिजाे मिति २०७८ भदौ ९गते बधबार ,तदअनुसार २५अगस्त २०२१ का दिन पोखरा लेडी जेसीज द्वारा आयोजित जेसीज सप्ताहको पाचौं दिन “खाद्यवस्तु एवं अति आबश्यक सामाग्री बितरण कार्यक्रम “पोखरा लेडी जेसीज बर्ष -२०२१ का अध्यक्ष जेसी कमला शर्मा कडेल (बिनिता) ज्यूको अध्यक्षतामा सम्पन्न गरियाे ।
पोखरा माहानगर पालिका बडा न.२० का वडा अध्यक्ष सिम बाहादुर गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा, पोखरा-२० भलाम आधारभुत बिधालयमा सम्पन्न भएको थियो । कार्यक्रममा अतिथिमा भलाम आधारभुत बिधालयका प्राचार्य कुल प्रसाद पौडेल,भलाम आधारभुत बिधालयका ब्यबस्थापन समिमिका सदस्य रामजि खत्री ,एवाकस मेन्टल म्याथका डाइरेक्टर उपेन्द्र अधिकारीज्यु रहनु भएको थियो । शुभकामना मन्तव्य भलाम आधारभुत बिधालयका प्राचार्य कुल प्रसाद पौडेललेराख्नु भऐको थियो ।
कार्यक्रमका मुल संयोजक तथा पोखरा लेडी जेसीजका का. का. उपाध्यक्ष जेसी लक्ष्मी कुँवर ज्यूले सात दिनको कार्यक्रम को बारेमा प्रकाश पार्नु भएको थियो।उक्त कार्यक्रममा संयोजक जेसी सुभद्रा बरालले स्वागत मन्तव्य राख्नुभएको थियो । जेसिज आस्था पाठ जेसि सरस्वती थापा क्षेत्रीले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा भलाम आधारभुत बिधालय परिसरमा विभिन्न फलफुलका बोटबिरुबाहरु रोपेर बृक्षारोपण पनि गरिएको थियो। कार्यक्रमको संचालन पोखरा लेडि जेसिजका सचिव जेसि सुमित्रा कोइरालाले गर्नु भएको थियो ।





प्रतिक्रिया दिनुहोस