नवजात शिशुको घाटि निमोठेर हत्या आफ्नै आमाबाट
379 Views
बैतडी, खोज मिडिया ९ भदौ । डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको ह त्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर ह त्या गरेकी बताएका छन ।
अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर ह त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँटी निमोठेर ह त्या गरेको बताइएको छ ।
माधवीले नवजात शिशुको ह त्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएका थिए । माधवीलाई प्रहरीले पक्राउ गरिसकेको छ । माधवी प्रहरीको निय न्त्रणमा रहेकी र अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । उनका श्रीमान् १० वर्षदेखि वैदेशिक रोजगारमा गएका र उतै बेपत्ता रहेको प्रहरीले जनाएको छ । माधवीका १३ वर्षीय एक छोरा पनि रहेका छन् ।





प्रतिक्रिया दिनुहोस