नाम नखुलेको ८५ लाख ९६ हजारसहित ३ युवक पक्राउ
432 Views
काठमाडौँ, खोज मिडिया ८ भदौ । महानगरीय प्रहरी परिसर काठमाडौँले नाम नखुलेको ८५ लाख ९६ हजारसहित ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वारा जिल्ला सिमरा उपनगरपालीका २ घर भई हाल काठमाडौँ चण्डोल वस्ने ३२ बर्षीय लक्षमण पौडेल, रिन्कु भनिने अभिशेष अग्रवाल र मधुसुधन खड्का रहेका छन्।
मंगलबार प्रहरी वृत जनसेवाको टोलीले खिचापोखरीस्थित शंकास्पद अवस्थामा लक्षमण पौडेलको साथबाट अवैध रकम ३१ लाख फेला पारेको थियो ।
प्रहरीका अनुसार पौडेलको उक्त बयानपछि रिन्कुले संचालन गरेको कम्पनिमा तलासी गर्दा उनको साथबाट ५४ लाख ५६ हजार फेला परेको र सोधपुछ
गर्दा स्रोत खुलाउन नसकेका बताएका थिए ।
पक्राउ परेका उनीहरुलाई समानन्तर वैकिङ्ग कारोवार (हुण्डी) हुन सक्ने भएकोले थप अनुसन्धान भईरेहेको परिसरका प्रहरी प्रवक्ता एसपी रमेशकुमार बस्नेतले जानकारी दिए ।
प्रहरीले पौडेललाई पक्राउ गरेर प्रारम्भिक सोधपुछ गर्दा उनले उक्त रकम रिन्कुले दिएको भनि खुलाएपछि रिन्कु र खड्का पक्राउ परेका हुन् । पक्राउ पर्ने मध्ये खड्का रिंकुको कार्यालयमा काम गर्ने कामदार रहेको जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस