दुई युवक लागुऔषधसहित पक्राउ
409 Views
तनहुँ , खोज मिडिया ८ भदौ । तनहुँ र स्याङ्जाका दुई जना युवकलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले सोमबार लागूऔषध सम्बन्धी मुद्दामा ती २ जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका ८ बस्ने गोले भन्ने नरेन्द्र रनपाल र तनहुँको व्यास नगरपालिका १४ बस्ने शिव परियार रहेका छन् । पक्राउ परेका निजहरुको साथबाट प्रहरीले ३७ एम्पुल डाइजापाम, ३६ एम्पुल नुर्फिन, ३७ एम्पुल फेनारगन र २५ ग्राम गाँजा समेत बरामद गरेको जानकारी दिएको छ ।
पक्राउ परेका उनीहरु उपर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस