ग्याष्ट्रिककाे औषधी भित्र लागूऔषध गाँजा सहित युवक पक्राउ
427 Views
काठमाडौँ, खोज मिडिया ८ भदौ । ग्याष्ट्रिक हरण चूर्णको बट्टाहरुमा लागूऔषध गाँजा विदेश लैजान लागेका चितवनका एक युवक त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । पक्राउ पर्नमा चितवनको खैरेनी १० घर भएका २९ वर्षीय वुद्धि राज पाठक रहेका छन् ।
ग्याष्ट्रिक हरण चूर्ण सगरमाथा आयुर्वेदिक औषधी उद्योग गोकर्नेश्वर १ काठमाण्डौं लेखिएको सिल गरेको बट्टाहरुभित्र उनले लागू औषध गाँजा आठ सय ग्राम लुकाई लैजान लागेको अवस्थामा फेला पारिएका छन ।
बरामद सामान सहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर बुझाइएको प्रहरीले जनाएको छ ।
कतार एयरवेजको उडानद्वारा मंगलबार कतारको दोहा जान लागेका पाठकले लिई आएको कालो रंगको लगेजलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा स्क्रिन गर्ने क्रममा उक्त लगेजभित्र लागुऔषध गाँजा भेटिएको प्रहरीले बताए ।





प्रतिक्रिया दिनुहोस