गण्डकीमा धेरै भारी वर्षाको सम्भावना सचेत रहन आग्राह
733 Views
गण्डकी , खोज मिडिया ८ भदौ । बङ्गालको खाडीबाट आएको जल वाष्प युक्त हावाको प्रभावका कारण अझै केही दिन मनसुन गतिविधि सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन गण्डकी प्रदेशसहित देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
विभागले आज मंगलबार गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यस सँगै प्रदेश नं १ बागमती प्रदेश , कर्णाली र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा समेत मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ । विभागका अनुसार आज दिउसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागले बुधबार पनि गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै लुम्बिनी प्रदेश, प्रदेश नं १, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ। बिहीबार गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको तथा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र कर्णालीका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ।
भारी वर्षाको सम्भावना रहेकाका पहाडी भूभागमा भू क्षय, प हि रो तथा गेग्र्यान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।





प्रतिक्रिया दिनुहोस