पहिरोले अवरुद्ध लोकमार्गको बागलुङ यातायात खुल्यो
300 Views
बाग्लुंग , खोज मिडिया ८ भदौ । वर्षासँगै आएको बा*ढीप*हिराका कारण बागलुङका मुख्य राजमार्ग अवरुद्ध हुँदै आएका छन् । दुई दिनदेखिको लगातारको झरीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ नगरपालिका–३ स्थित बोक्से र कालिगण्डकी करिडोरको फुर्से खोलामा पहिरो खसेका कारण सडक अवरुद्ध भएकामा अहिले खुलाइएको छ ।
कालीगण्डकी करिडोरमा भने पहिरो पन्छाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले बताए । बोक्सेमा खसेको पहि*राले सडक अवरुद्ध भएकामा प्रहरी र लोकमार्ग आयोजनाको पहलमा सडक खुलाइएको हो। सडक खुलेपछि सोमबार बेलुकीदेखि अलपत्र परेका यात्री गन्तव्यतर्फ लागेका छन् ।





प्रतिक्रिया दिनुहोस