कास्की मादीका १७ वर्षीया कोपिलाको हत्यारा १४ महिनापछि सार्वजनिक
953 Views
कास्की, खोज मिडिया ८ भदौ । मादीकी १७ वर्षीया किशोरीको ह*त्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। मादी गाउँपालिका वडा -९ सिप्लिवेशी स्थायी घर भइ सोही पालिकाको मकैखोला स्थित मामाको घरमा बस्दै आएकी १७ वर्षीया किशोरी कोपिला परियारको ह*त्या गरेको १४ महिनापछि प्रहरीले दोषीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जा जिल्ला हरिनास गाउँपालिका वडा नं- ६ चालिसे बस्ने ४५ वर्षीय राम बहादुर थापा (मोटे) भनेर चिनिने खड्क बहादुर खवास रहेका छन् । उनलाई आइतबार पुतलीबजार नगरपालिका -४ स्थित शिव मन्दिरचोकबाट प्रहरीले पक्राउ गरेको थियो ।
गत असार १५ गतेदेखि हराएकी कोपिलाको १० दिनपछि अर्थात असार २५ गते सोही पालिका वडा नं -११ मुखियाको सेर स्थित पातिघरमा अर्ध नग्न र सडेर किरा परेको अवस्थामा उनको श व फेला परेको थियो । प्रहरीका अनुसार उनको मानसिक अवस्था कमजोर थियो। उनलाई खवासले लामो समयदेखि यौन सम्पर्क गर्दै आएको देखिएको पनि प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन ।
घ ट नाको लामो र सुक्ष्म अनुसन्धान पश्चात झन्डै १४ महिनापछि अपराधीलाई पक्राउ गर्न सफल भएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले बताएका छन । हाल पक्राउ परेका खवासमाथि जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिएका छन ।





प्रतिक्रिया दिनुहोस