आरसी कोलाका उत्पादन बजारमा
294 Views
काठमाडौँ, खोज मिडिया ८ भदौ । आरसी कोलाका उत्पादन बजारमा आएको छ। भेन्चुरा बोट्लर्सले आरसी कोलाका पेय पदार्थ बजारमा ल्याएको छ। यो ६ वटा स्वादमा किन्न पाइने कम्पनीले बताएको छ। यसका आरसी कोला माइरेन, आरसी क्यु लेमन लाइम, अरेन्ज, जियर अप, जी पावर, कार्बोनेट वाटर र वाटर बजारमा उपलब्ध भएका छन्।
यो दुई सय ५० मिली लिटर, पाँच सय मिलि लिटर, एक हजार पाँच सय मिलि लिटर र दुई हजार दुई सय मिलि लिटर गरि चार वटा प्याकमा किन्न पाइने कम्पनीले बताएको छ ।यिनीहरूको मूल्य क्रमशः ४०, ७०, एक सय ६० र दुई सय २५ रूपैयाँ तोकिएको पाईएको छ।
कम्पनीका अनुसार यो उत्पादनको लागि आवश्यक पर्ने कच्चापदार्थ अमेरिकाबाट आयात गरिएको बताएको छ । कम्पनीले यसको उत्पादन हेटौंडामा गर्दै आएको छ। । अमेरिकी स्तरको प्रक्रियामा स्वदेशी पानी प्रयोग गरी आरसी कोला उत्पादन गरिएको कम्पनीले बताएको छ। कम्पनीले ५० करोड लगानीमा गत बर्षदेखि नै उत्पादन सुरु गरेको बताए ।





प्रतिक्रिया दिनुहोस