वैदेशिक रोजगारीमा जानलाग्दा को*रोना पो*जेटिभ देखिएपछि ८ महिने शिशुसहित दम्पती झु*ण्डिएर आ*त्मह*त्या
366 Views
झापा, भाद्र ८, खोज मिडिया । ८ महिने शिशुसहित झापामा एक दम्पतीले झु*न्डिएर आ*त्मह*त्या गरेका छन् ।
कनकाई नगरपालिका १ दुर्गापुरका ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मीना बस्नेत विक र ८ महिनाकी छोरी रुविना झुण्डिएको अवस्थामा सोमबार विहान फेला परेको छ । इलाका प्रहरी कार्यालय सुरुंगाका अनुसार पहिला शिशुलाई झुण्ड्याएर पछि दम्पतीले आत्महत्या गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।
नानीलाई आमाले छातीमा टाँसेर बोकेको अवस्थामा देखिएको छ । मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाण्डौसम्म गएको तर को*रोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयले बताएका छन् ।
आ*त्मह*त्या गर्नुपर्ने कारण खुल्न सकेको छैन भने अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान थालेको छ । उनीहरु झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस