आजदेखि गाईजात्रा पर्व सुरु! देशभर नेवार समुदायलाई सार्वजनिक बिदा
450 Views
काठमाडौँ , खोज मिडिया ७ भदौ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व (गाईजात्रा) आज विभिन्न कार्यक्रम गरी देशभर सुरु गरि मनाईदै छ ।
यही वर्ष दिवङ्गत भएका आफन्तको पुण्यको कामना गर्दै आज गाईजात्रा पर्व मनाइँन्छ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिने प्रचलन रहेको छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृ*त्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको बताउछन ।
विशेष गरी नेवार समुदायमा मृ तकको स्मृतिमा निकै श्रद्वाका साथ गाईजात्रा मनाउने प्रचलन विगत देखि चली आएको छ। यद्यपि यस वर्ष नयाँ भेरियन्टसहितको को रो ना भा इरसको सङ्क्रमणबाट बच्न पनि भीडभाड कम गर्न सरकारले आह्वान गरेको छ । को रो नाका कारण भौतिक दूरी कायम गरेर चाडपर्व मनाउनुपर्ने अवस्था रहेको बताएका छन ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन (जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकालेर सहर परिक्रमा गराउनु) भनेर आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्यले जनाएको छ ।
यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको चलन चलेको हो भन्ने जनश्रुति पाइन्छ पाईएको छ ।
प्रताप मल्लको पालादेखि चलनमा आएको गाईजात्रा हनुमानढोकाको राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि चलिरहेको छ । सरकारले गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकासहित देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिदै आएको छ ।





प्रतिक्रिया दिनुहोस