कुन प्रदेशमा कत्ति जनामा कोरोना संक्रमण पुष्टी
806 Views
विराटनगर, खोज मिडिया ६ भदौ । विराटनगर स्थित प्रदेश न: १ मा पछिल्लो २४ घण्टामा ५३४ जनामा को रो ना संक्र मण पुष्टी भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ९९ जनाको पीसीआर परीक्षण गर्दा ३७० जनामा सं क्रमण पुष्टि भएको थियो भने ७३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा संक्र मण देखिएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४३, मोरङमा ११२, सुनसरीमा ९३, इलाममा ७, पाँचथरमा ३, संखुवासभामा २, तेह्रथुम, ताप्लेजुङ, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा सं क्र मण देखिएको जनाएको छ ।
झापाको दमकमा ३४, विर्तामोडमा ३२, कनकाईमा १६, अर्जुनधारामा १५, शिवसताक्षीमा १३, बुद्धशान्तिमा १०, मेचीनगरमा ८, कमल गाउँपालिकामा ४, भद्रपुर, गौरीगञ्ज र बाह्रदशीमा २–२, हल्दिबारीमा १ जना छन् ।
मोरङको विराटनगरमा ४२, सुन्दरहरैचामा ३९, उर्लाबारीमा १४, सुनबर्षीमा ५, पथरीशनिश्चरेमा ४, कानेपोखरी र बेलबारीमा २–२, लेटाङ, ग्रामथान, बुढीगंगा र मिक्लाजुङमा १–१ जना छन् । सुनसरीको इटहरीमा ८३, इनरुवामा ५, धरान र बराहक्षेत्रमा २–२, देवानगञ्जमा १, इलामको इलाम नगरपालिकामा ३, सुर्योदयमा २, माई र चुलाचुलीमा १–१, पाँचथरको फिदिममा २, याङवरकमा १, संखुवासभाको पाँचखपन र मादीमा १–१, तेह्रथुममा १, ताप्लेजुङको आठराई त्रिवेणी, धनकुटाको साँघुरीगढी र भोजपुरको अरुण गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्र मण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३६२ जना को रो ना संक्र मणमुक्त भएका छन् । संक्र मणमुक्त हुनेमा १५७ महिला र २०५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा को रो ना संक्र मणबाट ६ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस