पोखराको सिर्जना चोक स्थित आकाशे पुलमा भएको भीडभाडले काेराेना संक्रमणको जोखिम
664 Views
कास्की , खोज मिडिया ६ भदौ । पोखराको बिचैमा रहेको सृजनाचोक स्थित बन्दै गरेको पहिलो आकाशे पुल यतिबेला टिकटक लगायत सामाजिक संजालमा निकै भाईरल भनेका छन । अन्य केही क्षेत्रमा पनि सर्वसाधरणको भिड बढ्न थालेपछि को रो ना संक्र मण फैलिन सक्ने भन्दै सरोकारवाला निकायले सचेत गराएकाे छ ।
पछिल्लो समयमा सृजनाचोकको आकाशे पुलमा टिकटक बनाउने र तस्वीर खिच्नेहरुकाे भीड बढ्न थालेका छन । उक्त पुलसहित फेवा पावर हाउस छेउमा रहेको झरना, वेगनास र फेवा ताल वरपर सर्वसारधणको यतिबेला निकै भिड बढ्न थालेका छन ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार यी क्षेत्रहरुमा सर्वसाधरणहरु जम्मा हुन थालेको भन्दै धेरै गुनासोहरु आउन थालेका छन् । को रो ना संक्र मणको जोखिम कम नभइसकेको अहिलेको अवस्थामा आवश्यक काम नपरिकन घरबाट बाहिर ननिस्कन हुन निर्देशनालयले सर्वसाधरणलाई आग्रह समेत गरिएका छन ।
सर्वसाधरणहरुको गुनासो पश्चात सो कार्यालयले आवश्यक काम नपरी घरबाट ननिस्कनुहुन, अनावश्यक भिडभाड नगर्नुहुन र सं क्र मण हुनसक्ने त्यस्ता ठाउँमा नजानुहुन सबैलाई सूचित गरेको जनाएको छ ।
उक्त बन्दै गरेको पोखराको पहिलो आकाशे पुलको उद्दघाटन नहुदै नेपाली पर्यटकको भिडभाड बढ्न थाले पछि सोहि ठाउँ वरपर को रोना को जोखिम बढ्न सक्ने भन्दै सरोकारवाला निकायले सचेत गराएको हो ।





प्रतिक्रिया दिनुहोस