बागलुङ स्थित भुजी खोलाको बाढीले सडकमा अवरुध , ढोरबराहा हिँडेका दर्शनार्थी अलपत्र
311 Views
बाग्लुंग , खोज मिडिया ६ भदौ । बागलुङको भुजी खोलामा आएको बा*ढीले कच्ची सडकमा क्षति पुर्याएको छ । जनैपूर्णिमाका लागि ढोरबराहा मन्दिर हिँडेका दर्शनार्थी बाटोमै अलपत्र परेका छन् ।
बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित बोबाङको भुजी खोलामा आएको बाढीले बुर्तिवाङ–ढोरपाटन सडकको ठाउँ–ठाउँमा क्षति पु¥याएको छ । शनिबार बिहानै बुर्तिवाङ बजारबाट ढोरपाटनतर्फ लागेका दर्शनार्थीमध्ये केही पैदल त केही सवारी साधनमा लागेका थिए ।
उक्त स्थानमा को रो ना महा मारीका कारण जिल्ला प्रशासन कार्यालयले शुक्रबार नै पुनः निषेधाज्ञाको आदेश जारी गरेको थियो । यसअघि जारी निषेधाज्ञा भदौ ५ गतेसम्म जारी अवधि ६ गतेदेखि अवरोध नहुने आशामा स्थानीयवासीले आज पूर्णिमाका दिन ढोरवराहमा पूजाको कार्यक्रम गर्ने योजना बनाई प्रचार प्रसारसमेत गरेका थिए ।
शुक्रबार देखि नै थप निषेधाज्ञाको आदेश जारी हुनाका साथै बा*ढीले पनि सडक अवरुद्ध गराएकाले यस वर्ष दर्शनार्थको कार्यक्रम बिथोलिएको हो । ढोरपाटनमा तीन दिनयता निरन्तरको वर्षाका कारण बोबाङको दुवाल, भुसण्डे, सुप्राङलगायत स्थानको सडकखण्ड बाढीले सडक बगाउनका साथै कतिपय स्थानमा खोला नै बगिरहेकाले पूजा गर्न जान कठिन भएको स्थानीय यात्री हेमलाल गैरेले जानकारी दिएका छन ।
एउटा स्काभेटरले काम गरिरहे पनि आजसम्म खुलाउन सकेको छैन । अहिले पनि १५ जीप, २५ मोटरसाइकल बाटो खोलेपछि ढोरपाटन जाने पर्खाइमा कुरिरहेका छन् । ढोरपाटन शिकार आरक्ष क्षेत्रस्थित उक्त मन्दिरमा जनै पूर्णिमाका दिन ठूलो मेला लाग्दै आएको छ नगरपालिका, निसीखोला गाउँपालिका र छिमेकी जिल्ला रुकुमबाटसमेत दर्शनार्थी पूजाका लागि ढोरबराह पुग्ने गरेका हुन् ।





प्रतिक्रिया दिनुहोस