लामखुट्टेको टोकाइबाट कसरी सर्छ सरुवा रोग ? कारण यस्तो छ
614 Views
खोज मिडिया ६ भदौ । लामखुट्टे एक जीव हो । लामखुट्टेमा मानिस र जनावरको बसोबास भएको ठाउँ थाहा पाउने एक विशेष प्रकारको सेन्सर हुन्छ । यसैको मद्दतले गर्दा यसले शिकार गर्न खोज्दछ। यस अलावा अन्य जीवको तुलनामा कसैलाई बढि लामखुट्टेले टोक्छ भने लामखुट्टेलाई के कुराले आकर्षित गर्छ त ? भन्ने विषयमा जान्नको लागि यस्ता छन कारण :
धेरै पसिना आउने मानिस प्रति लामखुट्टे आकर्षित बन्दछ । लामखुट्टेलाई आवश्यक पर्ने सबैकुरा पसिनामा पाइन्छ। त्यसैले यो आर्कषित बन्छ । महिलाको तुलनामा पुरुष र बच्चालाई र यी दुइको तुलनामा पनि वयस्कलाई लामखुट्टेले धेरै टोक्ने गर्दछ।
लामखुट्टे शरीरको तापक्रममार्फत आफ्नो शिकारको खोजी गर्दछ। मानिसको शरीरको तापक्रम लामखुट्टेका लागि आइडियल हुने गर्दछ। कालो, निलो, रातो जस्तो गाढा रङको कपडामा लामखुट्टे आकर्षित हुने गर्दछन्। बास्नाले पनि लामखुट्टेलाई आकर्षित गर्दछ। कसैले परफ्युम र डियो लगाएको छ भने लामखुट्टेले टोक्ने सम्भावना धेरै हुन्छ।
अधिकांश छालाको स्याहारमा प्रयोग गरीने क्रिम तथा कष्मेटीक प्रोडक्ट लगाउनेमा ल्याक्टिक एसिड उत्पन्न हुन्छ जसले लामखुट्टेलाई आकर्षित गर्दछ। यदि कसैमा कोलेस्ट्रोलको स्तर धेरै छ उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ।
मोटो मानिसले धेरै तापक्रम र कार्बनडाइअक्साइड पैदा गर्दछन्। त्यसैले उनीहरुको बडी मास धेरै हुन्छ यसकारण उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ। लामखुट्टेले शरीरको गन्धमार्फत पनि मानिस भएको ठाउँ थाहा पाउँछ । जति कडा गन्ध हुन्छ लामखुट्टेले टोक्ने सम्भावना त्यति धेरै हुन्छ।
सामान्य महिलाको तुलनामा गर्भवती महिलालाई लामखुट्टेले बढि टोक्दछ। धेरैलाई थाहा नहोला तर हामीलाई टोक्ने लामखुट्टे पोथी मात्र हुन्छ। भाले लामखुट्टे शाकाहारी हुन्छन् र बोट बिरुवाको रस चुसेर बाच्छन् । पोथी लामखुट्टेलाई लार्भा उत्पादन गर्न मानव रगत पोषणको रुपमा प्रयोग हुने गर्दछ ।





प्रतिक्रिया दिनुहोस