तारकेश्वर नगरपालिका काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय हब बन्दै
952 Views
काठमाडौं, खोज मिडिया ६ भदौ । तारकेश्वर नगरपालिका वडा न:–५ नम्बर वडाका प्रमुख बाँसुप्रसाद गौतमले काठमाडाैंको तारकेश्वर नगरपालिकाभित्रका क्षेत्र बिस्तारै काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय हब बनिरहेको बताएका छन् ।
शनिबार तारकेश्वर नगरपालिका–५ बोहोराटारस्थित मित्रता कोलोनी समाजको अग्रसरतामा निर्मित बस्तीभित्र प्रवेश गर्ने ढलान सडकको उद्घाटन गर्दै पाँच वडाका प्रमुख गौतलले यस्तो बताएका हुन् । उनले रिबन काटेर सो सडकको उद्घाटन गरेका थिए ।
यहाँका प्राकृतिक विविधता/ ऐतिहासिक धरोहर र कृषि तथा अन्य स्थानीय उत्पादनको उचित उपयोग एवं प्रवद्र्धन गरी काठमाडौं उपत्यकाकै आकर्षक नमुना पर्यटकीय हब बनाउने कार्यमा आफूहरू निरन्तर लागिपरेको बताउँदै उनले पर्यटकीय पूर्वाधार विस्तार गरी यस क्षेत्रलाई आकर्षक नमुना पर्यटकीय हब बनाउने आफूहरूको लक्ष्यमा साथ दिन सम्बन्धित निकाय र स्थानीयवासीलाई आग्रह गरेका छन ।
उनले हाल सरकारले सार्वजनिक जग्गा उपभोग गर्ने अधिकार स्थानीय तहलाई दिएकाले अब आफ्नो क्षेत्रमा उपयोगविहीन भई खेर गइरहेका सार्वजनिक जग्गा संरक्षण गरी पर्यटकीय पूर्वाधार निर्माण गर्न विगतका वर्षमा भन्दा निकै सहज भएकाले यस नगरपालिकाले सोहीअनुरूपको काम गरिरहेको बताए ।





प्रतिक्रिया दिनुहोस