जेसिज सप्ताह कार्यक्रमकाे आज दाेस्राे दिन सम्पन्न
561 Views
कास्की , खाेज मिडिया ५ भदौ । पोखरा लेडी जेसीज बर्ष २०२१ को जेसीज सप्ताह कार्यक्रम को दोश्रो दिन आज मिति २०७८/०५/०५ गते विद्यालय स्तरीय वक्तृत्वकला कला कार्यक्रम पश्चिमाञ्चल आबासीय विद्यालय गैरापाटनमा सम्पन्न भएकाे छ ।
कार्यक्रममा बिभिन्न विद्यालयका जम्मा २० जना विद्यार्थी हरु को सहभागी रहेको थियो । पोखरा लेडी जेसीज बर्ष २०२१को अध्यक्ष जेसी कमला शर्मा ज्यू को सभाध्यक्षतामा शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख उपसचिव तोयनाथ लम्साल को प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे ।
बक्तित्वकला कार्यक्रम मा निर्णायक मण्डलमा पोखरा लेडी जेसीज बर्ष २००७ का अध्यक्ष तथा पश्चिमाञ्चल आबासीय विद्यालय का संचालक मिनु श्रेष्ठ कुवर , प्रदेश निति तथा योजना आयोग गण्डकी प्रदेश संयोजक पबित्रा सापकोटा, पृथ्वीनारायण क्याम्पस का उप प्रध्यापक श्री परमेस्वर बराल रहेका थिए ।
कार्यक्रम को संयोजक जेसी सम्झना बस्नेत ते स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पोखरा लेडी जेसीज बर्ष २०१५ का अध्यक्ष जोरजिन भट्टराई ज्यू को उपस्थित रहेको थियो ।
वक्तित्वकला प्रतियोगितामा प्रथम पुरस्कार अपेक्षा अधिकारी अमरसिंह मा. वि .द्वितीय स्नेहा राणा श्री रत्न ज्योती ,आबासीय विद्यालय ,तृतीय प्रसंशा बराल, शिशु निकेतन ,सान्त्वना सुमन काफ्ले, सिर्जना मा वि ले प्राप्त गरिएकाे छ ।
कार्यक्रमका मुल संयोजक तथा पोखरा लेडी जेसीजका का. का. उपाध्यक्ष जेसी लक्ष्मी कुँवर ज्यूले सातै दिनको कार्यक्रम को बारेमा प्रकाश पारेका छन् ।
जेसिज आस्था पाठ जेसि शुभद्रा बरालले गरिएको थियो भने कार्यक्रम संचालन सचीव सुमित्रा कोइरालाले गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस