एकिकृत समाजवादी निकट युवासंघले गर्याे विश्वविद्यालय सफाई
363 Views
कठमाडौं, खोज मिडिया ५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) निकटको युवा संघ नेपालले आज त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा सरसफाई गरेको छ । युवा संघले ‘महिनामा २ दिनः २ घण्टा मेरो, राष्ट्रका लागि’ भन्ने अभियान अन्तरगत सरसफाई कार्यक्रम गरिएको हो ।
युवा संघका उपमहासचिव एवं पिपुल्स भोलेन्टियरका इन्चार्ज सन्जिप राईको नेतृत्वमा त्रिभुवन विश्वबिद्यालयमा सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा संघका अध्यक्ष नरेश शाही, त्रिभुवन विश्वविद्यालयका चिफ ध्यानेन्द्र राई लगायतको बिशेष सहभागिता रहेको थियो ।
यस अघि युवा संघको पिपुल्स भोलेन्टियरले टिचिङ अस्पतालमा सरसफाई गरेको थियो । युवा संघले शुरु गरेको यो अभियान निरन्तर जारी रहने राईले बताए ।





प्रतिक्रिया दिनुहोस