गत पाँच सातामा ४८ लाख बढीले लगाए कोरोनाको खोप
349 Views
काठमाडौँ , खोज मिडिया ५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएयताको पाँच हप्तामा ४८ लाखभन्दा बढीले को रो नो वि रू द्धको खोप लगाएका छन्। कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएलगत्तै आफ्नो पहिलो प्राथमिकता नै जनतालाई नि:शुल्क खोप दिलाउने घोषणा गरेका थिए।
उनी प्रधानमन्त्री भएयता गत बिहीबारसम्ममा ४८ लाख ११ हजार ७ सय ३३ जनाले को रो ना विरूद्धको खोप लगाएका छन्। त्यसअघि झण्डै ३६ लाखले मात्रै को रो ना विरूद्धको खोप लगाएका थिए भने अहिले खोप लगाउनेको संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको छ।
त्यसमध्ये ३७ लाख ८ हजार ६ सय ८८ जनाले कोरोनाको दुवै डोज खोप लगाएका छन्। त्यस्तै, ३७ लाख ८ हजार ६ सय ८८ जनाले पहिलो डोज लगाएका छन् । अहिले कोरोनाको दुवै डोज खोप लगाउने जनसंख्या १३ प्रतिशत पुगेको छ भने पहिलो डोज लगाउने १६ दशमलव ८ प्रतिशत छन्।
देउवा प्रधानमन्त्री हुनुभन्दा अघि दुवै डोज खोप लगाउनेको संख्या ३ दशमल ९ प्रतिशतमात्रै थियो भने पहिलो डोज खोप लगाउनेको संख्या ९ दशमलव १ प्रतिशतमात्रै थिए। पछिल्लो पाँच हप्तामा को रो नाको खोप लगाउनेको संख्या झण्डै दोब्बर पुगेको छ।
सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत जनतालाई को रो ना विरूद्धको खोप नि:शुल्क लगाउने घोषणा गरेको छ। चैत मसान्तसम्म खोप लगाउने सबै जनतालाई नि:शुल्क खोप दिलाउने प्रधानमन्त्री देउवाको तयारी छ।





प्रतिक्रिया दिनुहोस