जापानबाट आइपुग्यो अष्ट्राजेनेकाको दुई लाख डोज खोप प्रदेश १ र २ का ६५ वर्षमाथिकालाई लगाइने
809 Views
काठमाडौँ , खोज मिडिया ५ भदौ । जापानबाट दुई लाख ८ हजार ६० डोज अष्ट्राजेनेका खोप नेपाल आएको छ । जापा सरकारको सहयोगमा कोभ्याक्समार्फत् उक्त खोप शनिबार बिहान नेपाल आइपुगेको हो।
स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार कतार एयरलाइन्सबाट खोप आएको हो । यसअघि जापानबाट ८ लाख ४७ हजार ३२० डोज खोप आएको थियो। जापान सरकारले १६ लाख डोज खोप नेपाललाई दिने छ।
पहिलो खोप लगाएर बसेका ६५ वर्षमाथिका जनतालाई यो खोप लगाइने उनले बताए । शनिबार आएको खोप प्रदेश १ र २ मा जाने उनले जानकारी दिए ।
अब बाँकी रहेको खोप सोमबारसम्ममा नेपाल आइपुग्ने सचिव पोखरेलले बताए ।





प्रतिक्रिया दिनुहोस