लोकप्रिय कलाकार शम्भुराज थापाको निधन
596 Views
काठमाडौं, खोज मिडिया ५ भदौ । लोकप्रिय कलाकार शम्भुराज थापाको नि ध न भएको छ । उनको उपचारको क्रममा शनिबार बिहान नि ध न भएको हो ।
उनको मृ त्युबारे कलाकार बिनोद वान्तवाले पुष्टि गरेका छन् । कलाकार वान्तावाले थापाको मृ त्यु भएको भन्दै सामाजिक संजाल फेशबुकमा दुख: व्यक्त गरेका छन् ।
कलाकार थापा एकसाता अघिबाटै स्वास्थ्य समस्यामा थिए । जाँचका क्रममा उनीमा को रोना सं क्रमण पुष्टि भएको थियो । उनको पछिल्लो समय पाटन अस्पतालमा उपचार भइरहेको थियो ।
५५ वर्षीय कलाकार थापामेरी बास्सै, गोलमालसहित दर्जनौं टेलिश्रृंखलामा अभिनय गर्दै आएका थिए भने उनले केही फिल्महरुमा अभिनय गरेर दर्शक माझ लोकप्रिय बनेका थिए ।





प्रतिक्रिया दिनुहोस