च्यासलको आफ्नै फुटबल एकेडेमी
347 Views
काठमाडौं, खोज मिडिया ५ भदौ । ललितपुरको (ए) डिभिजन टोली च्यासल युथ क्लबले युवा खेलाडी विकास र उत्थानका लागि आफ्नै एकेडेमी सञ्चालन गर्ने भएको छ । च्यासल युथ क्लब, अखिल नेपाल फुटबल संघ *एन्फा* र कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ हाई स्कुलबीचको सहकार्यमा फुटबल एकेडेमी सञ्चालन हुने भएको छ ।
एकेडेमी सञ्चालनका लागि च्यासल युथ क्लबका अध्यक्ष रमेश ब्यन्जनकार र पुष्पसदन बोर्डिङ स्कुलका तर्फबाट प्रिन्सिपल रामधन राईद्वारा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । एन्फाका उपाध्यक्ष तथा ग्रासरुट तथा युवा संयोजक उपेन्द्रमान सिंहले एन्फाबाट सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
अखिल नेपाल फुटबल संघका तर्फबाट अध्यक्ष कर्मा छिरिङ शेर्पाको पनि उपस्थिति रहेको थियो । एकेडेमी च्यासल–पुष्पसदन युथ फुटबल एकेडेमीको नामबाट सञ्चालन हुनेछ । क्लबका ७ खेलाडी र स्कुलका ७ जना गरी जम्मा १४ जना खेलाडी पहिलो वर्ष एकेडेमीमा सामेल हुनेछन् भने क्लबले दोस्रो वर्षमा अन्य सात जना खेलाडी थप्दै कुल २१ खेलाडीलाई प्रशिक्षण दिने भएको छ ।





प्रतिक्रिया दिनुहोस