जेसीज सप्ताह सुरुवात पहिलो दिनमा भाषणकला कार्यक्रम सम्पन्न
343 Views
कास्की , खाेज मिडिया ५ भदौ । हिजो ४ गते अगस्त २०२१ का दिन पोखरा लेडी जेसीज बर्ष- २०२१ को जेसीज सप्ताह कार्यक्रमको समुदघाटन तथा प्रभावकारी भाषण कला तालिम कार्यक्रम सम्पन्न भएकाे छ ।
पाेखरा लेडी जेसिज बर्ष- २०२१ का अध्यक्ष जेसी कमला शर्मा कडेलज्युको अध्यक्षतामा, प्रशिक्षक उपेन्द्र अधिकारी ज्यु को प्रशिक्षकत्योमा , पोखरा महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष रबिन्द्र वहादुर प्रजुज्युको प्रमुख आतिथ्यतामा पोखरा महानगर पालिका वडा नं ३ काे सभाकक्षमा विषम परिस्थिति को बावजूद पनि नेपाल सरकारले तोकेको आबश्यक स्वास्थ्य मापदन्ड पालना गर्दै सम्पन्न गराएकाे छ ।
उक्त कार्यक्रममा पोखरा लेडी जेसीज का पुर्ब अध्यक्ष जेसी सपना गिरीज्यु , जेसी सन्तु पौडेलज्यु, पाेखरा जेसिजका निवतमान अध्यक्ष जेसी शिव सापकोटा ज्यु, वडा न.३का सचिब चन्द्रवति वाग्ले ज्यु ,वडा न.३का वडा सदस्य लक्ष्मी पराजुलिज्यु ,पुर्ब सभासद कृष्ण कुमारी परियारज्यु अतिथीको रूपमा रहनु भएको थियो ।
कार्यक्रममा जेसिज सप्ताह कार्यक्रमका मुल संयोजक तथा कार्यकारिणी उपाध्यक्ष जेसी लक्ष्मी कुवरज्युले जेसिज सप्ताहका सात दिनको कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो।
कार्यक्रममा विभिन्न आमा समूह,महिला समूह,बाल क्लबका अध्यक्ष तथा प्रतिनिधी ज्युहरु ,पाेखरा लेडी जेसिजका बोर्डका पदाधिकारी तथा सदस्यज्यु हरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा जेसिज आस्था पाठमा जेसी सरु पनेरु, स्वागतमा कार्यक्रम सयोजक जेसी प्रमिला सुवेदीले गर्नु भएको थियो । कार्यक्रमको संचालन सस्था का सचिव जेसी सुमित्रा कोइरालाले गर्नु भएको हाे ।





प्रतिक्रिया दिनुहोस