नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको छैन (स्वास्थ्य मन्त्रालय)
483 Views
काठमाडौँ , खोज मिडिया ४ साउन । पछिल्लो समय कोरोनाभाइरस (कोभिड—१९) का सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने आँकडामा स ङ्क्र मि तको सङ्ख्या मात्रै नबढेर मृ त्यु हुनेको दर पनि बढेको छ ।
स ङ्क्र मितको सङ्ख्या बढेसँगै अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या बढ्न थालेको अस्पतालहरूको भनाइ छ । दैनिक झन्डै ३५ सयको हाराहारीमा सङ्क्रमित भइरहेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै स ङ्क्र मित र अस्पताल भर्ना हुने बिरामीको चाप बढेको हो ।
स ङ्क्र मितसँगै अस्पताल भर्ना हुने दर बढेपछि नेपालमा स ङ्क्र मणको अर्को लहर सुरु भएको त होइन भनेर जनस्वास्थ्यविद्हरुले आङ्कलन गर्न थालेका छन् । को रो नाको दोस्रो लहरमा ग्राफ उच्च हुँदा वैशाख २८ गते एकै दिन ९ हजार ४ सय ८३ जना स ङ्क्र मित भएका थिए भने २२५ जनाको मृ त्यु भएको थियो ।
को रो नाको दोस्रो लहरमा को रो ना स ङ्क्र मण र अस्पताल भर्ना हुने बिरामी ह्वातै बढेकाले कोरोना स ङ्क्र मणको नयाँ लहरको सुरुवाती भएको इपिडिमियोलोजी तथा रोग नि यन्त्रण महाशाखाका पूर्व प्रमुख डा.बाबुराम मरासिनीको आङ्कलन छ ।
अघिल्लो लहरमा सङ्क्रमित, अस्पताल भर्ना हुने दर र मृत्यु हुने दर पिक पाइन्टमा पुरेर बिस्तारै ग्राफ तल झेरेपनि बिस्तारै माथिमाथि सर्दै गएकाले यो नेपालमा नयाँ छालको सुरुवात हो । डा. मरासिनी भन्छन् ।स ङ्क्र मणको ग्राफ ओरालो लागेपछि पुनः बिस्तारै ग्राफ उकालो लागेर सङ्क्र मण र मृ त्यु दर उकालो लागेकाले तेस्रो लहर सुरु भएको जनस्वास्थ्यविद्हरुले बताउन थालेका छन् ।





प्रतिक्रिया दिनुहोस