तालिवानद्वारा भारतसँगको व्यापार बन्द
956 Views
भारत , खोज मिडिया ३ साउन । अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले भारतसँग व्यापार बन्द गरेको छ । तालिबानले सीमापारिको व्यापार बन्द गरेपछि भारतसँगको व्यापार पनि बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भारत र अफगानिस्तान दुवै देशको मालवाहक गाडीहरु पाकिस्तान हुँदै आवतजावत गर्ने गर्थे ।
फेडेरेशन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेशन *एफआईईओ* ले तालिबानले गाडीको आवतजावत रोकिदिएको जानकारी दिएको छ । मालवाहक गाडी आवतजावत बन्द गरेपछि लाखौँ डलरको सामानको आयात–निर्यात रोकिने भएको छ ।
भारतका लागि अफगानिस्तानसँगको व्यापार सबैभन्दा ठूलो सहयोगी मानिन्छ । भारतले अफगानिस्तानमा ड्याम, स्कुल र सडकको विकासका लागि लाखौँ अमेरिकी डलर खर्च गरेको छ । एफआईईओका महानिर्देशक डा.अजय सहायले समाचार एजेन्सी एएनआईलाई भनेका छन् ।
अफगानिस्तानको स्थितिमाथि निरन्तर हाम्रो ध्यान केन्द्रीत छ । त्यहाँबाट आयात गरिने सामानहरु पाकिस्तान हुँदै भारत आउँछ । तर, अहिले तालिबानले पाकिस्तानतर्फ आउने सबै मालवाहक गाडी रोकिदिएको छ । दुवै तर्फको आवतजावत ठप्प भएको छ ।’ रिपोर्टका अनुसार भारतले अफगानिस्तानबाट ठूलो मात्रामा ड्राई फ्रुट आयात गर्दै आएको छ ।





प्रतिक्रिया दिनुहोस