“माछापुच्छ्रे त्रिशक्ति युनाइटेड” क्लवद्वारा आयाेजित सम्मान तथा छलफल कार्यक्रम सम्पन्न
581 Views
रजनी तामाङ, कास्की , खाेज मिडिया भदाै १ । माछापुच्छ्रे गाउँपालिका ४ लाहाचाेक स्थित “माछापुच्छ्रे त्रिशक्ति युनाईटेड” क्लब द्वारा आयाेजित सम्मान तथा अन्य छलफल कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रम साेहि क्लवकाे भवनमा सन्चालन गरिएकाे थियाे । उक्त कार्यक्रम मा क्लबका अध्यक्ष बासुदेव ढकाल काे अध्यक्षतामा भएकाे थियाे ।
कार्यक्रम मा विदेशमा बसेर आर्थिक, नैतिक,भाैतिक रुपमा विदेशमा बसेर सहयाेग गर्नु हुने समाजसेवि सन्ताेष अधिकारी,सुन्दर हमाल,सुरज अधिकारी,सुन्दर हमाल तथा पवन शर्मा ज्यु लाई क्लबले सम्मान गरिएकाे थियाे उहाँहरु हाल स्वदेशमा रहेकाे बेला सम्मान कार्यक्रम राखेकाे उपाध्यक्ष तथा क्यापटेन सन्ताेष गुरुङ ले जानकारी दिए ।
कार्यक्रम मा बाेल्दै प्रेम ढकालले क्लबले अझै प्रगतिकाे शिखर चुमाेस र क्लबले लाहाचाेकमा (फाेहाेर मैला व्यवस्थापन) मा चासाे दिएर लाहाचाेक लाई फाेहाेरमैला मुक्त गाउँ बनाउन भन्दै सल्लाह दिनु दिएका थिए ।
साे कार्यक्रममा सम्मानित सन्ताेष अधिकारी स्वर्गीय बुबा नारायणदत अधिकारी काे सम्झनामा रु ३०००० अक्ष्यकाेष स्थापना गर्दै पछि काेरिया समाज तथा साथिभाई हरुकाे सहयाेग बाट मिले सम्म १ लाख सम्म पुर्याउने बाचा समेत गरे ।
साे कार्यक्रम मा बाेल्दै सम्मानित सुन्दर हमाल र सुरज अधिकारी ले आफुहरुलाई याे स्थान दिएकाेमा खुसि व्यक्त गर्दै आगामि दिनमा अझै क्लबलाई सहयाेग गर्ने वचन दिदै प्रगतिकाे शुभकामना दिए ।
तेसैगरि दाेर्साे गण्डकी स्तरिय खेलकुद का संयाेजक राजेन्द्र गाैतमले क्लब ले अबका दिनमा आजिवन सदस्य,साधारण सदस्य खाेलाएर काम गर्नुपर्ने जनाएका छन् । कलवका संयाेजक राजु नेपालिले सम्मानित व्यक्तिहरुले हामिलाई दिएका सुझाव लाई मनन गर्दै अबका दिनमा क्लब नयाँ ढंगले अगि बढ्ने जानकारि गराए ।
जाे जसले सहयाेग गर्ने सबैमा धन्यवाद दिदै अध्यक्ष बासुदेव ढकाले आगामि दिनमा आफू अझै काम गर्ने जाेसजागर बढेकाे बताए । उक्त कार्यक्रम सम्मान तथा चियापान काे साथमा विविध बिषयमा छलफल गरिएकाे कार्यक्रम क्लबका सचिव उमेश बास्ताेलाले सन्चालन गरेका थिए ।





प्रतिक्रिया दिनुहोस