सिरहामा लागुऔषध सहित एक जना प्रहरीको नियन्त्रणमा
394 Views
शम्भु चौधरी सिरहा १ भदौ । सिरहाको लहान नगरपालिका १७ का चौधरीको घर खान तलासी गर्दा १० के.जि. लागु औषध (गाजा) बरामत भएको छ ।
बिहान अन्दाजी ०१:०० बजेको समयमा गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहान(क) र प्रहरी चौकी लहान सिरहाबाट खटिएको प्रहरी टोलीले जिल्ला सिरहा लहान नगरपालिका १७ गोबिन्दपुर बस्ने वर्ष ४० को बागेश्वर चौधरीको घरमा खानतलासी गर्दा घरभित्र लुकाई छिपाई राखेको १० (दश) के.जि. अबैध लागु औषध गाँजा फेला पारीएका छन् ।
निज बागेश्वर चौधरी समेतलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको सिरहा लहानका DSP डा. तपन कुमार दहालले जानकारी दिनु भयो ।





प्रतिक्रिया दिनुहोस