रामेछाप ३२ श्रावण खोज मिडिया। गत वर्ष रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको श्री कृष्णपुरी माध्यमिक विद्यालयमा सामाजिक विकास मन्त्रालयबाट रु.१५ लाख र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको रु.१३ लाख गरी जम्मा रु.२८ लाख रकम विनियोजित भएको थियो। विनियोजित रकमबाट शिक्षण सिकाईमा प्रविधिको भरपुर सदुपयोगको लागि ICT का सामाग्रीहरु डेस्कटप कम्प्युटर, इन्टेग्रेटेड सिपुयुसहितको प्रोजेक्टर, नर्मल प्रोजेक्टर र ल्यापटप कम्प्युटर खरिद गरिएको छ।
खरिद गरिएको ल्यापटप आज सोमबार एक कार्यक्रमकाबिच सो विद्यालयको वि.व्य.स. अध्यक्ष फुर्वाराज लामाले आज उपस्थित सबै शिक्षक शिक्षिकाहरुलाई हस्तान्तरण गरिएको छ। बाँकी आज उपस्थित नभएका शिक्षक शिक्षिकाहरुलाई केही दिनभित्रमा नै बाँकी ल्यापटपहरु हस्तान्तरण गरिने भएको छ। प्रत्येक कक्षाकोठामा श्रव्य दृश्य माध्यमको प्रयोग गरी सबै शिक्षकलाई सोको तयारीका लागि आवश्यक प्रशिक्षण दिई आगामी एक वर्षभित्र प्रविधिमैत्री शिक्षण सिकाइ सञ्चालन गरिने प्रधानाध्यापक राम बहादुर तामाङले बताए ।





प्रतिक्रिया दिनुहोस