१ लाख पुरस्कारसहितको कथा प्रतियोगिता
766 Views
काठमाडौँ , खोज मिडिया ३२ साउन । अघिल्ला दुई वर्षजस्तै यसपटक पनि प्रथम हुनेलाई १ लाख, द्वितीयलाई ६० हजार र तृतीय हुनेलाई ४० हजार रुपैयाँसहितको पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने पनि पत्रकार भेटघाटका क्रममा जानकारी गराइयो । उत्कृष्ट २५ मध्येमा पर्ने बाँकी २२ कथाकारलाई जनही ५ हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ । आन्तरिक निर्णायक मण्डलले छनोट गरेका ५० कथामध्ये २५ भित्र नपरेका बाँकी कथालाई बाह्रखरी डट कममा प्रकाशित गरिनेछ र कथाकारलाई उचित पारिश्रमिकको व्यवस्था गर्ने पनि आयोजक पक्षले जनाएको छ ।
को रोना को म हामारीले साँघुरिएको साहित्य गतिविधिलाई क्रियाशील बनाउन कथा प्रतियोगिता हुँदै छ । बाह्रखरी बुक्सले (बाह्रखरी कथा प्रतियोगिता–२०७८) (तेस्रो संस्करण) गर्दै छ । आइतबार राजधानीमा पत्रकार भेटघाटबीच यो प्रतियोगिताको घोषणा गरिएको छ । नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्न आफूहरूले विगत झैं यसपटक पनि यो प्रतियोगिता गरिरहेको आयोजक पक्षले जनाएको छ । जसमा संसारभर रहेका नेपाली कथा लेखकले भाग लिन पाउनेछन् ।
यो प्रतियोगिताको मुख्य निर्णायकमा नारायण ढकाल, निर्णायकमा कथाकार विवश पोखरेल र समालोचक कुमारी लामा छन् । निर्णायक समूहले आफूलाई प्राप्त कथामध्येबाट उत्कृष्ट २५ र तिनै उत्कृष्टमध्येबाट प्रथम, द्वितीय तथा तृतीय कथाको छनोट गर्नेछ ।
कथा प्रतियोगिताको सर्त उल्लंघन नहुनेगरी पठाइएका सम्पूर्ण कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० वटा कथा छनोट गर्नेछ । ती ५० वटा कथा निर्णायक समूहलाई उपलब्ध गराइनेछ । आन्तरिक निर्णायक मण्डलले चुनेका ५० कथामध्येबाट निर्णायक समूहले *उत्कृष्ट कथा २०७८* का लागि २५ वटा कथा छान्नेछन् र तिनैमध्ये प्रथम/ द्वितीय र तृतीय कथाको घोषणा हुनेछ ।
यस प्रतियोगितामा गतवर्ष ७ सयभन्दा बढी कथाकारले भाग लिएका थिए भने यो वर्ष अझै ठूलो सहभागिता रहने विश्वास आयोजकले लिएका छन् । कथा प्रतियोगिताको नतिजा २०७८ मंसिर ३ गते शुक्रबार एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिनेछ । सोही दिन (उत्कृष्ट कथा–२०७८) को लोकार्पणसमेत हुनेछ । प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा आगामी ३१ भदौभित्र आफ्नो कथा पठाउन पनि आयोजक पक्षले अनुरोध गरेको छ ।





प्रतिक्रिया दिनुहोस