काेराेनाविरूद्ध जनचेतना जगाउदै( एमालेको निकट युवा संघ) द्वारा
357 Views
काठमाडौं, खोज मिडिया ३२ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल निकटको युवा संघ नेपाल वागमति प्रदेश कमिटिको आयोजनामा को भिड १९ को डेल्टा भेरियन्ट वि रु द्ध जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।
युवा संघ नेपाल वागमति प्रदेश कमिटिको आयोजना तथा जिल्ला कमिटिको संयोजनमा उपत्यका लगाएत दशैवटा जिल्लाका सदरमुकामहरुमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा निशुल्क रुपमा मास्क समेत वितरण गरिएको थियो ।
युवासंघ नेपालका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख नितेश पौड्यालले काठमाडौंको रत्नपार्कमा एक कार्यक्रमका बीच उद्घाटन गर्दै जनचेतना कार्यक्रम काठमाडौंको ३ स्थान/ ललितपुर/ भक्तपुरका २/२ स्थान र प्रदेशका सवै जिल्ला सदरमुकामहरुमा कोभिड सम्बन्धित सूचना प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा भौतिकदुरी कायमगर्दै कोभिड १९ डेल्टा भेरियन्ट वाट जोगिन अनुरोध गर्दै मास्क लगाउन अनुरोध गरिनुका साथै मास्क समेत वितरण गरिएको युवासंघ नेपालका उप–महासचिव तथा प्रदेश कमिटी इन्चार्ज रोशन थापाले बताएका छन ।





प्रतिक्रिया दिनुहोस